सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विहिबार १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको भन्दै जाहेरी दर्ता भएको हो । दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी ती बालिकालाई मेयर अधिकारी दनुवारले करणी गरेको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बालिकाले गत फागुनमा एक शिशु जन्माइ सकेकिछिन् । शिशु जन्मिएपछि मेयरले करणी गरेको घट्ना बाहिरिएको हो ।
बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले घटनाको गम्भीरता हेरेर तत्काल अनुसन्धान अघि बढाएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले भन्नुभयो, “हामीले घटनाको प्रारम्भिक अनुसन्धान थालेका छौं ।
पीडितको स्वास्थ्य तथा सूरक्षा प्राथमिकतामा राखिएको छ ।” प्रहरीका अनुसार मेडिकल रिपोर्ट, डीएनए परीक्षण लगायतका प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको । मेयरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ ।
अधिकारी दनुवार २०७९ को स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।

