१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

अछामको साँफेहाटबजारमा  आगलागी पीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारको १० लाख



काठमाडौं । अछामको साँफेहाटबजारमा  आगलागी पीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त सहयोग घोषणा गरेका हुन्। उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि आवश्यक सम्पूर्ण पहल गर्ने प्रतिबद्धता जनाए।

‘आगलागीबाट भौतिक क्षति भएको छ। पीडितलाई तत्काल राहत दिन र पुनर्स्थापनाका काममा सहायता पुर्‍याउन प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ,’ मुख्यमन्त्री शाहले भने।

उनले प्रदेश सरकार पीडितहरूसँग रहेको र आवश्यकताअनुसार थप सहयोगको व्यवस्था समेत गरिने बताए। स्थानीय प्रशासनमार्फत क्षतिको विस्तृत विवरण संकलन भइरहेको र राहत वितरण प्रक्रिया छिट्टै सुरु गरिने समेत मुख्यमन्त्री शाहले बताउनुभयो ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : २७ बजे