काठमाडौं । गुल्मी जिल्लाका ७ स्थानीय तहले मगर एकता दिवसकोअवसरमा विहिवार सार्वजनिक विदा दिएका छ्न ।
जिल्लाका कालीगण्डकी , चन्द्रकोट, सत्यवति ,गुल्मीदरबार , छत्रकोट, मालिका गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर संघ स्थापना भएको अवसरमा १५ फागुनमा सार्वजनिक विदा दिएका हुन।
१२ वटा स्थानीय तह रहेको गुल्मीमा ७ वटा स्थानीय सरकारले मगर एकता दिवसको अवसरमा छुट्टाछुट्टै सूचना जारि गर्दै सार्वजनिक विदा दिएको जानकारी गराएका छ्न।

