३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

ठोरीमा एक भारतिय नागरिकको हत्या



 
काठमाडौं । पर्सा जिल्लाको पश्चिमीभेग ठोरी गाउँपालिकामा एकजना भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ। 

ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै आज भारतीय पुरुष हत्या गरी फालिएको शंकास्पद अवस्थामा शव भेटिएको हो । गाउँलेहरूले शव हेरेर प्रहरीलाई खबर गरेका थिए ।

मृतक भारतीय नागरिक भारत बिहार पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको रूपमा पहिचान भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले बताएका छन्।

प्रवक्ता लमसालले मृतकको घाँटीमा सल बेरिएको र दाग देखिएको कारण कसैले हत्या गरेर शवलाई त्यहाँ फालेको हुनसक्ने न बताएका छन्। उक्त हत्या कसले र किन गरेको हो पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रवक्ता लम्सालले जानकारी दिएका छन्।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई मुचुल्का गरेर पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ३ : ५० बजे