३० असार २०८३, मंगलबार Tue Jul 14 2026

बालेनले कवाडी व्यबसायीमाथि बर्साए लाठी



काठमाडौ । काठमाडौ महानरपालिकाका मेयर बालेन साहले कवाडी व्यवसायीमाथि लाठी बर्साएका छन् । काठमाडौंको टेकुमा आज कवाडी व्यवसायीलाई महानगरीय प्रहरीलाई पठाएर लाठी बर्साउन लगाएका हुन् । आज महानगर प्रहरी कवाडी गोदाम हटाउन पुगेको थियो। प्रहरीलाई कवाडी व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको बताईन्छ ।

झडपको क्रममा ४ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना कवाडी व्यवसायी र २ जना नगर प्रहरी रहेका छन् । महानगर प्रहरी मध्ये एक जनाको टाउको र अर्कोको हातमा चोट लागेको बताइएको छ।

व्यवसायीले बोत्तल प्रहार गर्न थालेपछि सुरक्षा गर्ने क्रममा झडपको स्थिति सिर्जना भएको महानगर प्रहरीले जनाएको छ। तथापी बालेनले दमनको नीति लिएका कारण आफूहरु प्रतिकारमा उत्रिएको कवाडी व्यवसायीहरुले बताएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : ०४ बजे