२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

समाचारको विषयलाई लिएर पालिकासमयका अध्यक्ष तथा सम्पादक बोहरामाथि कुटपिट



काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य एवम् यस स्थानीय सरकार केन्द्रित अन्लाईन पालिकासमय डटकमका अध्यक्ष तथा सम्पादकमाथि कुटपिट भएको छ ।

शाखाका सचिव रमेश कुमार बोहोराले विज्ञप्ति जारी गर्दै कमलबहादुर बोहरामाथि सोमबार साँझ ७ बजे काठमाडौंको मध्य बानेश्वर क्षेत्रमा अपरिचित ब्यक्तिबाट भएको हातपातको घटनाप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘पत्रकार बोहराले’ पालिकासमय डटकममा १९ माघ २०८१, शनिबार “गरिबमाथि मेयर बालेनकाे लाठी, ठुलाबडा’को रजाईंमा माैन..! ” शिर्षकमा समाचार प्रकाशित गरेका थिए ।

प्रकाशित समाचारप्रति चित्त नबुझे नेपाल प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रवाधान हुदाहुदै विभिन्न बाहनामा भएको आक्रमण प्रति गम्भीर आपत्ति प्रकट गर्दै आक्रमणकारीलाई कारवाहीको दायरामा ल्याउन यस शाखा सम्वन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

साथै आक्रमणमा परेर घाइते हुनु भएका बोहराको शाखा सिघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछ ।

अतः प्रेसको संवैधानिक अधिकारको ख्याल गरी यस्ता कार्य नदोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै शाखा पत्रकारलाई निर्वाध र निर्भीकतापूर्वक काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : ०४ बजे