काठमाडौं । काठमाडौं शहरको मुख्य बजारका सडक पेटीहरु फुटपाथ व्यापारीको कब्जामा छन ।
रिकन्डीसन हाउस वालाका कारण हिँडडुल गर्न नै अप्ठ्यारो हुने गरी बाइकहरू फिँजाएर बस्छन् र सर्वसाधारण भने सवारी साधनबाट जोगिँदै हिड्नु पर्ने बाध्यता छ ।
महानगर प्रहरीले बेला-बेला सामान उठाएर लैजान्छ । तर, फुटपाथ अझै व्यापारीकै कब्जामा छ । विना सम्झौता चलेका यस्ता पसल र रिकन्डीसन हाउसले महानगरलाई आम्दानी त दिएको छैन नै, यात्रुलाई सास्तीसँग सौन्दर्यता बिगारेको छ ।
हामी कहाँ गाडीमा कुद्ने ल्याकत धेरैको छैन। कम्तिमा आधा जनसंख्या पैदलै हिँड्छन्।
हिँड्नेहरू जति धेरै, बाटो उति कम।
कम बाटो, बढी मिचाइ।
जति मिचाइ, उति सवारीको किचाइ।
हाम्रा फुटपाथमा मान्छे विरलै हिँड्छन्। हिँड्न नचाहेर पनि हो। त्योभन्दा हिँड्न लायकै नभएर।
स्थानीयवासीकाे गुनासाेपछि हिजाे मात्रै पालिकासमयको टाेली काठमाडौंकाे भाटभटेनी सुपर मार्केट काेटेश्वरदेखि जडिबुटी हुर्दै पेप्सिकोलाकाे सिनामंगलसम्म चहार्यौं। फोटो खिच्यौं।

अब लागाै बेली बिस्तारतिर काठमाडौंकाे भाटभटेनी सुपर मार्केट काेटेश्वरकाे आसपास र पेप्सिकोला ‘रिकन्डीसन हाउस’ व्यापारीको कब्जाले मान्छेलाई हिँडडुल गर्न निकै अप्ठ्यारो परेकाे छ भने यता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सडकमा मकै बेच्नेमाथि नगर प्रहरी लगाएर लछारपछार समेत गरेकाे घटना ताजैछ । उता काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्य मातहतका कार्यालयहरुले मुखदर्शि बनेर हेरिरहेका छन् ।
कारण के भने हाम्राे देश नेपालमा गरिबलाई मात्रै कानून लाग्छ । ‘ठुलाबडा’को रजाईं! हुने देश हाे ।
फस्टाउँदो रिकन्डिसन व्यवसायले दुइपाँग्रे सवारी मोटरसाइकल/स्कुटरले काठमाडौंकाे भाटभटेनी सुपर मार्केट काेटेश्वरकाे आसपास र पेप्सिकोला केही स्थानमा ‘रिकन्डीसन हाउस’ व्यापारीले फुटपाथ अझै व्यापारीकै कब्जामा राेड-सडक छ ।
हेराैं अब महानगरपालिकाका मेयर बालेन र नगर प्रहरी/ ट्राफिक प्रहरीले कानमा अझै तेल हालेर बस्छ कि सहज बनाउन्छ याे निकै चुनाैतीकाे बिषय बनेकाे छ ।

रिकन्डीशन ब्यापारीले मान्छे हिडने बाटाे नै कब्जा गरेर फस्ट ह्यान्ड बाइकजस्तै, बजाज, होन्डा, यामाहा, टीभीएस र हिरो कम्पनीका बाइक बाटाे छेकेर राखेकाे छ। यस बिषयमा नगर/ट्राफिक प्रहरी र महानगरपालिका अथवा नगरप्रहरीले कस्ताे एक्सन लिन्छ हेर्न बाकी छ ।
यस्ता रिकन्डीसन ब्यापारीका कारण मानिसकाे ज्यान धरापमा राखेर बाटाेमा हिडन pare काे छ। यस बिषयमा कसले चासाे राख्ला ?
रिकन्डीसन ब्यापारीले राेड नै कब्जा गर्दा फुटपाथ यति साँघुरा छन्, दुई जना हात समातेर हिँड्न मिल्दैन। मुख्य सडक फराकिलो पार्दा हिँड्ने बाटो मिचिएको छ। धेरैजसो एक मिटर चौडा छन्। कति त आधा मिटर। यस्तोमा फुटपाथ छ भनेर के गर्नु? कुम जुध्छ जुध्छ, खुट्टा टेक्ने ठाउँधरि पाइन्न। अटेसमटेस हिँड्नुभन्दा गाडीकै छेउ लागेर फटाफट। गाडी हुइँकिएका हुइँकियै। हिँड्नेहरूको कसलाई मतलब? ती त ठेलिँदै–पेलिँदै गइहाल्छन्। गाडी पो सर्रर कुद्नुपर्यो!
यही सोचले आमाबाबुका हात समातेका केटाकेटी सडकमै हुन्छन्। सामान बोकेका भरिया हुन्छन्। साइकलमा फलफूल–तरकारी बोक्नेहरू हुन्छन्। वृद्ध र शारीरिक अपांगता भएकाहरू हुन्छन्। पछाडिबाट गाडीले छुस्स छोइदेला। आँखा ठूला उनीहरूकै। हकारिहाल्छन्– फुटपाथमा हिँड्नुपर्दैन? तिनलाई कसले सम्झाउने– थाहा नभएर होइन हजुर! फुटपाथमै हामी अट्दैनौं के गर्नु?
सडक विभागलाई पनि थाहा नभएको कहाँ हो र? व्यस्त सडकमा कम्तीमा डेढ मिटर चौडा फुटपाथ हुनुपर्ने नियमै छ। हामीले सोध्दा इञ्जिनियरहरू यसै भन्छन्। सजिलो गरी हिँड्न दुई मिटर चाहिन्छ। हामीले गाली खानै पर्दैन। बुझ्नेले कुरा नबुझेपछि!
अर्काथरी गाडीवाला छन्, जो फुटपाथलाई पार्किङ सम्झिन्छन्। ठाउँ भेट्यो कि गाडी तेर्स्याइहाल्छन्। कहीँ आधा, कहीँ पूरै रजाइँ। मोटरसाइकल सबभन्दा मिचाहा। लस्करै पार्क गर्छन्। मान्छे जहाँसुकै हिँडून्। कार, पिकअप, भ्यान के कम? आधा करोडको गाडी चढ्नेमा आधा पैसाको बुद्धि हुन्न।
फुटपाथमै गाडी राखेपछि हामी हिँड्ने बाटो खोइ? भित्तामा घिस्रिउँ। नभए सडकमा ओर्लुँ। गाडीको मिचाइले गाडीकै किचाइको डर। अब के गर्छ त महानगरपालिका मकैं बिच्नेलाइ कार्वाही गरे जसरी यि ‘रिकन्डीसन हाउस’वालाइ कार्वाही गर्छ कि गर्दैन ? अनि ट्राफिक प्रहरी !