१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

वडाअध्यक्ष राईको पहलमा वडाका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘ट्रयाक सुट’



काठमाडौं । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाको वडा नम्बर ५ मा रहेका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिने भएको छ ।


आज मात्रै सोही वडामा रहेको सानोदुम्मा माध्यमिक विद्यालयका एक सय ७० विद्यार्थीहरुलाई पोसाक (ट्रयाक सुट) वितरण गरिएको वडा अध्यक्ष बोम प्रसाद राईले जानकारी गराए।

वडाअध्यक्ष राईका अनुसार ५ नम्बर वडा कार्यालयले वडाभित्र रहेका सबै विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गरिने पालिका समयलाई बताएका छन्।


गत शुक्रबार जाल्पा प्राविका विद्यार्थीहरुलाई १९ थान न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको थियो । यस्तै भोली सोमबार र मंगलबार अरु बाँकी ४ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई (ट्रयाक सुट) वितरण गरिने वडा अध्यक्ष राईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ५ : ५५ बजे