काठमाडौ । चितवनको राप्ती नगरपालिका मेयर शमशेर लामा र भारतीय सरकारका पुर्वमन्त्री एवंम भाजपा नेता जिवेश कुमारसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राप्ती नगरपालिकाको कार्यालयमा आज मेयर लामा र पुर्वमन्त्री एवंम भाजपा नेता कुमारबीच शिष्टाचार भेटवार्ता भएको मेयर लामाको सचिवालयले जनाएको हो ।
भेटका क्रममा आपसी सहयोगमा साझेदारीको बिषयमा छलफल भएको लामाले बताउनुभयो । नगरपालिका प्रमुख लामाका अनुसार यो भेट पछि नगरवासीको शिक्षा र स्वास्थ्य लगायतको क्षेत्रमा भारत सरकारको तर्फवाट सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
भेटकै क्रममा पुर्वमन्त्री कुमारले नेपाल र भारतको सम्बन्धलाई भेटले अझै सुमधुर बनाउने विश्वास व्यक्त गुर्नभयो । राप्तीका मेयर लामाले राप्ती नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकसित गर्ने जमर्को गर्नुभएको छ ।
उहाँ जनतासँग नजिक रहेर जनताको दुःखसुखमा हातेमालो गर्दै अगाडी बढिरहनुभएको छ । विकासप्रेमी मेयरका रुपमा आफ्नो छविलाई अगाडी बढाईराख्नुभएको मेयर लामाले निकट भविष्यमै सुविधासम्पन्न अस्पताल निर्माणको प्रकृयालाई अगाडी बढाउँदै हुनुहुन्छ ।