१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

५३० जना छात्रछात्राहरुलाई जिल्ला ट्राफिक कार्यालय नवलपुरले प्रशिक्षण दिएको छ।



काठमाडौं । कावासोती नगरपालिका वडा नं.१ हात्तिखोरमा रहेको नेपाली सेनाको मध्य तालिम शिक्षालयमा नेपाली सेना द्धारा संचालित दोस्रो चरणको (NCC) तालिममा सहभागी भएका ५३० जना छात्र/छात्राहरुलाई जिल्ला ट्राफिक कार्यालय नवलपुरले प्रशिक्षण दिएको छ।
सडक सुरक्षा, ट्राफिक नियम, ट्राफिक चिन्ह, सडक रेखा, ट्राफिक वत्ति, ट्राफिक जरीवाना, कानुनी सजाय, सवारी दुर्घटना न्युनिकरण, दुर्घट्नाको कारण, दुर्घटनाको वर्तमान अवस्था, दुर्घट्ना रोकथामका उपाय र विद्यार्थीहरुको जिम्मेवारी लगायतका विविध बिषयमा सचेतनामुलक कक्षा संचालन गरिएको हो।
ट्राफिक प्रहरी कार्यलय नवलपुरका बरिस्ठ नायव निरीक्षक मीन बहादुर कुवरले प्रशिक्षण कार्यक्रम संचालन गरेका हुन।

#palikasamaya #localgovernment

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १ : ५८ बजे