मंसिर २७, २०८१ बिहिबार Fri Dec 13 2024

प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गर्नुभएको छ ।
मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।


भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : २८ बजे