मंसिर १८, २०८१ मंगलबार Tue Dec 3 2024

संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ



काठमाडौं । संघीय संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो ।

भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद सचिवाललयका पदाधिकारी र कर्मचारीका लागि आवश्यक सावारी साधनका लागि समन्वय भएको बताउँछन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १२ : ४४ बजे