कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

बस दुर्घटना हुँदा २१ बर्षिय मैया राइको मृत्यु



काठमाडौं । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस आज बिहान करिब ७ बजे दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।

विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : ०८ बजे