कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

आफ्नै बुबाले ६ बर्षका छोरालाई भिरमा फालेर हत्या गरे



काठमाडौं । बाग्लुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् ।

अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको प्रहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो । रासस

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १२ : ०७ बजे