आश्विन ३, २०८१ बिहिबार Fri Sep 20 2024

जुम्लाका ३ पालिकाले साक्षर पालिका घोषणा गरे



काठमाडौं । जुम्ला जिल्लाका तिन स्थानीय सरकार साक्षर घोषणा भएका छ्न ।
जिल्लाको हिमा ,सिन्जा र चन्दननाथ नगरपालिका साक्षर पालिकाका रुपमा घोषणा भएका हुन ।साक्षर घोषणा गर्न

सुचक हरु पुरा भएपछि साक्षर पालिका घोषणा गरिएको हो ।
हिमा गाउँपालिका ९६% सिन्जामा ९६.५% र चन्दननाथ नगरपालिकाका ९८.९१ % नागरिक साक्षर रहेको तथ्यांकमा छ ।
तोकिएका १२ सुचकहरु मध्ये ५०% सुचक पुरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार धमाधम स्थानीय सरकार साक्षर घोषणा भैरहेका छ्न ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ५ : २५ बजे