आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

कुपन्डोलमा भासिएको सडक मर्मत सङ्गै आवतजावत सुरु



काठमाडौं । शनिबार अपराह्न ललितपुर महानगरपालिकाको कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।”

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल  सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताए।रासस

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १० : ५४ बजे