आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

काठमाडौंमा इन्द्रजात्रा (येँया) आजबाट विधिवत् रूपमा सुरु भएको छ! ।



आजको फोटो फिचर

काठमाडौं । काठमाडौंमा इन्द्रजात्रा (येँया) आजबाट विधिवत् रूपमा सुरु भएको छ

आज बिहान (बुधबार) ८ः२६ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।


आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ । विशेषतः आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायबाट मृतकको सम्झनामा बत्ती (पाल्चाः) दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा रहिआएको छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा लिङ्गो (यःसिं) ढालेपछि यो जात्रा समापन भएको मानिन्छ ।
तस्बिर :गोरखापत्र

#palikasamaya

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १० : ३२ बजे