आश्विन ३, २०८१ बिहिबार Fri Sep 20 2024

कीर्तिपुर नगरपालिकामा कपडा बैंक सुरु



काठमाडौं । कोही कपडाविहीन नरहुँन” भन्ने मूलमन्त्रलाई आत्मसाथका साथ पुण्य कार्यमा सहभागी बनौं भन्ने मूल आशयका साथ कीर्तिपुर नगरपालिका भवनको सभाकक्षमा कपडा बैंकको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

हिजो बुधबार भएको उक्त कार्यक्रममा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा कपडा बैंकको अध्यक्ष कमल जीसीको पनि विशेष उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाकी कार्यबाहक मेयर शुभलक्ष्मी शाक्य सुनिताले सभापतित्वको गर्नुभएको थियो भने कीर्तिपुर नगरपालिकाका वडा अध्यक्ष, कर्मचारीहरु एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
आफ्नो घर, टोल तथा समाजलाई सफा राखौं, कोही कपडाविहीन नरहुँन् भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै उक्त कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रममा घरमा प्रयोगमा नआएका नयाँ तथा पुराना कपडा, जुत्ता, झोला, बेल्ट इत्यादी जम्मा गरी पुनः प्रशोधन (रिसाइकलिङ) गरी आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने मूल उद्देश्य रहेको कार्यक्रममा सहभागीहरुले जानकारी दिएका छन् ।

कार्यक्रममा कीर्तिपुर नगरपालिका एवं कपडा बैंक नेपालबीच कपडा बैंक संचालन गर्ने सम्झौता पनि भएको थियो भने कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी एवं गुरुवर्गहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ५ : ५४ बजे