३१ असार २०८३, बुधबार Thu Jul 16 2026

बाटोको नक्सा सिफारिसका लागि वार्ड अध्यक्ष बादेले मागे १५ लाख



स्थानीय सरकारमा बेथिति र भ्रष्टाचार

काठमाडौं ।काभ्रेको बनेपा नगरपालिका वार्ड नम्बर ९ का वडाध्यक्ष नृपेश बादे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।हिजो बिहीबार विशेष अदालतले उनलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो। 

गत वर्षको माघमा अध्यक्ष बादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा परिचालित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। 

उनीविरुद्ध विशेष अदालतमा २६ माघ ०८० मा मुद्दा दायर भएकोमा कसुर कायम हुने फैसला भएको छ। यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।स्थानीय सरकार भ्रस्टाचारको अखडा भएको स्थानीयले वताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ५६ बजे