२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

अख्तियारले बिलोटियासहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ



विद्युत महशुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल विद्युत प्राधिकरणबाट ल्याई रकम हिनामिना गरेको आरोपमा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापाको नेपाल चिया विकास निगम लिमिटेड, बिर्तामोडका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपाल विद्युत प्राधिकरणलाई विद्युत महशुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल विद्युत प्राधिकरणबाट ल्याई रकम हिनामिना गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोपपत्रमा बिलोटियासहित तत्कालीन लेखापाल मनिष कुमार कर्ण, तत्कालीन अफिस कर्ल्क राजु भन्ने गुणराज श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण, भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल बेदबहादुर रानालाई प्रतिवादी बनाइएको छ 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : ०१ बजे