फाल्गुन २, २०८१ शुक्रबार Fri Feb 14 2025

सहकारी ठगी प्रकरणमा अनुसन्धान अघि बढ्छ कि ? गृहमन्त्री लामिछानेलाई महामन्त्री शर्माको प्रश्न



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको छानबिनबारे प्रश्न उठाएका छन् । अघिल्लो गृहमन्त्रीले निर्देशन दिएको सहकारी ठगीको छानबिन गर्ने निर्देशन कार्यान्वयनका बारेमा प्रश्न उठाएका छन् ।

शनिबार नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अघिल्ला गृहमन्त्री श्रेष्ठले सहकारी ठगीका बारेमा छानबिन गर्न दिएको निर्देशन अब आँफू गृहमन्त्रीमा नियुक्त भएपछि सहकारी, ठगी प्रकरणमा मुछिएकाहरुको अनुसन्धान गर्नुपर्ने भन्दै गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षण गरे ।

उनले कुनै पनि परिवेशमा अभियोग लागेको मान्छे सरकारमा जान नहुने भन्दै रोस प्रकट गरे । प्रधानमन्त्रीको कदमले गलत प्रवृत्तिलाई प्रश्रय दिएको भन्दै उनले संसद्मा बालकुमारी घटनादेखि अख्तियारमा बयान दिएका मान्छेहरु सरकारमा बस्न उचित नभएको उनले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : २३ बजे