काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन्। शनिबार पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा सिटौलालाई चयन गर्नुभएको हो ।
देउवाका निजी सचिव केशवराज जोशीले संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित २०७४) को धारा १२ को उपधारा १ बमोजिम दलको नेता चयन गरेको जानकारी दिनुभएको हो । गत माघमा भएको राष्ट्रिय सभा निवाचनमा कोसी प्रदेशको अन्य तर्फबाट सिटौला निर्वाचित हुनुभएको थियो ।