३० जेष्ठ २०८३, शनिबार Sat Jun 13 2026

राष्ट्रियसभा बैठक बस्दै



काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस हुनेछ ।

साथै, आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता माथि सभामा छलफल हुने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १० : ५३ बजे