१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

प्रधानमन्त्री र चिनिया उपमन्त्री हैयानबीच भेटवार्ता



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानबीच शिष्टाचार भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भेट भएको हो। यस क्रममा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए।

उपमन्त्री हैयान नेकपा माओवादी केन्द्र को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्। नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : ५१ बजे