१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

आज तीन वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा एम.डी.एम.एस,टेरामक्स र एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ ।

बिहान साढे १० बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित हुलाकी लोकमार्ग, पुष्पलाल (मध्यपहाडी लोकमार्ग), रेल्वे तथा मेट्रो विकास आयोजना, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग आयोजनाको हालसम्मको भौतिक÷ वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण, भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ९ : ४३ बजे