आश्विन ३, २०८१ बिहिबार Fri Sep 20 2024

जसपाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकले राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनउपर छलफल गर्नुका साथै राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि छलफल हुने पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेत जानकारी दिए ।

यस्तै, पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ११ बजे