२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

डा. शेखर कोइरालाको टिप्पणी– गठबन्धनले काण्डबाट बच्न एमालेको साथ खोज्यो



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई केहि सिट दिने तयारी गरेपछि त्यसप्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत डा. कोइरालाले हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् भन्दै टिप्पणी गरेका हुन् ।

उनले एमालेलाई सिट दिनुको कारण गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्–

हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ९ : ४१ बजे