२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

भारतीय सुटर सुजित सिंहलाई गोली हानी बारा प्रहरीले समात्यो



बारा । भारतीय सुटर सुजित सिंह बाराबाट पक्राउ परेका छन्। भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ सिंह नेपालमा बसेर अपराधीक क्रियाकलाप गर्दै आएका थिए।

उनलाई बारा प्रहरीले एक थान पेस्तोल र ५ थान गोलीसहित पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोले खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको एसपी काफ्लेले बताए। सिंहको दुवै खुट्टामा गोली लागेको छ।

गत असोजको दोस्रो हप्ता बाराको सदरमुकाम कलैयामा वडा नम्बर ६ मा दुई मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए। सुजित सिंहसहित अन्य ३ जना मिलेर स्वर्णकारको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

खुट्टामा गोली लागेका सिहलाई कलैया अस्पतालमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ३९ बजे