आश्विन ४, २०८१ शुक्रबार Fri Sep 20 2024

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । प्रचण्डले आफ्नो आगामी योजनाहरू पनि प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसबेला उनी एमाले गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका थिए । फागुनयता कांग्रेसको गठबन्धनमा छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्नुअघि उनले सबै मन्त्रालयको रिपोर्ट मगाएर अध्ययन गरिरहेका छन् । प्रचण्डले तत्काल मन्त्रीहरू भने नफेर्ने भएका छन् । उनले राष्ट्रिय सभा निर्वाचनपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : १२ बजे