१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित



काठमाडौँ । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा भएको ५० औं महाधिवेशनले पोखरेललाई वर्ष २०२४ का लागि अध्यक्षमा चयन गरेको हो ।

नेतृत्व चयनका लागि मतदानमा पोखरेलले ५१० मतसहित तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रजनी थापाले ४२६ मत ल्याइन् । पोखरेल नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् । यसअघि पनि उनी राष्ट्रिय अध्यक्षका लागि प्रत्याशी थिए ।

महाधिवेशनबाट कार्यकारिणी समितिको उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीमबहादुर कुँवर र सन्दीप अग्रहरी निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा सरोज अधिकारी, कानूनी सल्लाहकारमा नरेशचन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापा मनोनीत भए भने उपाध्यक्षमा अमर घिमिरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वप्ना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती निर्वाचित भए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ११ : ४४ बजे