१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

धनुषामा बालिकाको शव फेला, बलात्कारपछि हत्याको आशंका



काठमाडौँ। धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला परेको छ।

धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोस्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए(नभएको खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

राखी विवाहपञ्चमीको अवसरमा मटकोरको लागि निकालिएको रथ यात्रामा गएकी ती बालिका बुधबार साँझबाट बेपत्ता भएकी थिइन्।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : २२ बजे