बैशाख १६, २०८१ आइतबार Sun Apr 28 2024

ग्लोबल आइएमई बैंकले ल्यायो एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले एकसाथ ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बूढानिलकण्ठ, चन्द्रागिरी तथा चितवनको भरतपुर र तनहुँको आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैकले नयाँ शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ४८ बजे