आश्विन ४, २०८१ शुक्रबार Fri Sep 20 2024

रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे बस्न लागेको हो ।

संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले उक्त विषयमा आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ ।

बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ४३ बजे