काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन दिनको बीचमा साढे २० किलो सुन बरामद भएको छ । गत बिहीबार मध्यराति दुबईबाट आएका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
शनिबार राति विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार शनिबार राति साढे ६ केजी सुन बरामद गरिएको हो ।
फ्लाई दुबईबाट आएका विदेशी नागरिकको साथबाट उक्त सुन बरामद भएको हो। सुन बोकेका एक भरिया र शंकास्पद एक गरी दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।