आश्विन ४, २०८१ शुक्रबार Fri Sep 20 2024

ठूलो मिटरब्याजी त बैंकहरू नै भए : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू सबैभन्दा ठूला मिटरब्याजी भएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले बैंकहरू नै ठूला मिटरब्याजी भएको बताएका हुन्।

‘ब्यांकर्सहरू मसँग अलिकति रिसाउनु पनि भएको छ। मैले त भन्ने गर्या छु( आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरू भए’, उनले भने।

देश आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको नेता कोइरालाको भनाइ छ। ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, यो कसरी हुन्छ रु’, उनले भने।

सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १ : ५४ बजे