२८ असार २०८३, आइतबार Sun Jul 12 2026

काठमाडौं महानगरभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस(ट्री राख्न निषेध गरेको छ।

महानगरले बिहिबार काठमाडौंका भाठभटेनी सपुर मार्केट लगायत विभिन्न सपिङ मलमा राखिएको प्लास्टिकका सजावट सामाग्री हटाउदै नराख्न निर्देशन दिएको हो । क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस(ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरी बलका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए।

यसअघि दसैंतिहार लक्षित अनुगमन गर्दा महानगरले प्लास्टिकका फूलमाला प्रयोग गर्न नपाइने भनेको थियो । यस्तै, प्लास्टिकका कुनै स(सामान प्रयोग गरी सरसजावट गरेको पाइए उक्त सामान जफत गरिने उनले बताए।

प्लास्टिकका स(सामान प्रयोग गर्नुको सट्टा बत्ती प्रयोग गरी वा सक्कल बिरूवा प्रयोग गरी सर(सजावट गर्न जोशीले अनुरोध गरेका छन्।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ११ : २० बजे