आश्विन ४, २०८१ शुक्रबार Fri Sep 20 2024

रास्वपाको सचिवालय बैठक बस्दै



काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपा सचिवालयमा १३ जना सदस्य रहेका छन् ।रास्वपाले विभिन्न प्रदेशमा गर्न लागेको प्रशिक्षण तथा अन्तरक्रियाका लागि पदाधिकारी र केन्द्रीय सदस्य परिचालनको विषयमा छलफल गर्नका लागि बैठक डाकेको बुझिएको छ ।

यसअघि यही मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले थप गरेका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ गराउने कार्यक्रम रहेको छ ।

रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष र तीन जना सहप्रवक्ताको कार्यविभाजन टुंग्याइसकेको छ भने एक उपसभापति, दुई सहमहामन्त्री, एक–एक कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा तीन जना सहप्रवक्ता मनोनित गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १ : ०५ बजे