२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो



चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा शैंया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शैंया थप गरेर कूल संख्या ३८ पु¥याइएको हो ।

अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा शैंया सर्पदंशका बिरामीका लागि छुट्याइएको छ । उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको शैंया शुल्क रु दुई हजार मात्र पर्दछ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० शैंयाको बाल सघन उपचार कक्ष र छ शैंयाको पिआइसियु सञ्चालनमा छन् । अस्पतालमा छ सय शैंया छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए । सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दी मात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १० : ५१ बजे