१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट



रूपन्देही। बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट भएको छ ।

बिरामीका आफन्तको आक्रमणबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र बस्याल गम्भीर घाइते छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।गुल्मीको सत्यवती गाउपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंसिर ११ गते अपरेसन गरी बच्चा जन्मेको थियो । मंगलबार सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले सुत्केरीको मृत्यु भएपछि उत्पन्न भएको तनावपछि मृतक परिवारका आफन्तले डाक्टरमाथि आक्रमण गरेर घाइते भएको जानकारी दिए ।सुत्केरीको मृत्यु भएपछि उत्पन्न तनाव समाधानमा क्रममा बिरामीका आफन्तले डा. बस्यालमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको अस्पताल प्रशासनले जनाएको छ । मृतकका आफन्तको आक्रमणले अस्पतालको प्रशासनिक भवनका झ्याल ढोकालगायतका फर्निचर तोडफोड भएका छन् ।प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : ३७ बजे