काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भिपिएन र ओपन डिएनएस प्रयोग गरि टिकटक प्रयोग नगर्न आग्रह गरेको छ।
फ्रि भिपिएन र ओपन डिएनएसको प्रयोग गर्दा असुरक्षा हुने भन्दै मन्त्रालयले भिपिएन र ओपन डिएनएसको प्रयोग गरि टिकटक नचालाउन आग्रह गरेको हो ।भिपिएनको प्रयोग गर्दा बैङ्क खाताबाट पैसा चोरी हुने, अकाउन्ट ह्याक हुने र व्यक्तिगत गोपनीयतामा पहुँच राख्ने लगायतका घटनाहरूको जोखिम बढाउने मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।