३० असार २०८३, मंगलबार Wed Jul 15 2026

नेसपाले दियो, भूकम्पपीडितको राहतका लागि प्रधानमन्त्रीलाई १० लाख चेक



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि प्रधानमन्त्रीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

नेसपाका अध्यक्षले भूकम्प पिडितका लागि यस अघि नै १० लाख प्रदान गर्ने घोषणा गरेका थिए । सोही अनुरुपमा सोमबार अध्यक्ष डा। बाबुराम भट्टराईको नेतृत्वमा नेसपाका नेताहरू प्रधानमन्त्री निवास ९बालुवाटार० पुगेर सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाखको चेक हस्ताणतरण गरेका हुन्।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १२ : ०० बजे