श्रावण ४, २०८१ शुक्रबार Fri Jul 19 2024

महालक्ष्मी विकास बैंकद्वारा भूकम्पपीडितलाई सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले जाजरकोट, रुकुमपश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाख आर्थिक सहयोग गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत उद्दार कोषमा उक्त रकम प्रदान गरेको हो ।

गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षतिभएको थियो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थ मन्त्री प्रकाश शरण महतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, बैंकले भूकम्पबाट मृत्युवरण गर्ने नागरिकहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुकोशीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : ०६ बजे