कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

कोशी प्रदेशमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि सम्बन्धी प्राबिधिक तालीम सञ्चालन



काठमाडौं । नेपाल नगरपालिका संघको आयोजना, एन्फोको प्राविधिक सहयोग र यूसीएलजी आस पाकको सहकार्यमा दक्षिण एसियाली नगरपालिका संजालमा सरसफाई पैरवी परियोजना (फेज २ अन्तर्गत दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि सम्बन्धी प्राबिधिक तालीम कार्यक्रम आयोजन गरिएको छ ।

उक्त तालीम कार्यक्रम कोशी प्रदेशको बिराटनगर महानगरपालिका र त्यसका र जिल्ला वरपरका १२ वटा नगरपालिकाहरुलाई दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “३ दिने नगरस्तरीय समाबेशी सरसफाई दिसाजन्य लेदो व्यवस्थापन” सम्बन्धी प्राबिधिक तालीम कार्यक्रम आयोजना गरिएको हो ।

सो तालीम कार्यक्रममा नेपाल नगरपालिका संघ कोशी प्रदेशका संयोजक एवं बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको अधक्ष्यता सम्पन्न उद्घाटन सत्रमा बिराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइराला, दुहबी नगरपालिकालका नगर प्रमुख बेदनारायण गच्छेदार, रंगेली नगरपालिकाका उपप्रमुख भुमा पराजुली, नेपाल सरकारका पूर्वसचिब तथा संबिधानविद् काशीराज दाहाल, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित नगरप्रमुखहरुले यसको महत्वबारे उल्लेख गर्दै आफ्ना आफ्ना धारणा राखेका थिए । यही कात्तिक १९ गतेबाट सञ्चालन भएको उक्त क्षमता अभिवृद्धि कार्यक्रम भोलि २१ गतेसम्म चल्ने छ

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ५० बजे