आश्विन ३, २०८१ बिहिबार Fri Sep 20 2024

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीपछिरिङ लामाद्वारा भूकम्प पीडितलाई सहयोग



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद जीपछिरिङ लामाले भूकम्प पीडितलाई ११ लाख रुपैयाँ सहयोग गरेका छन् । लामा नेपाली कांग्रेसका नेता, सफल व्यवसायी तथा समाजसेवी हुन् ।

उनले राजनीतिसँगै व्यवसाय सञ्चालन गरेर समाजसेवा गर्दै आएका छन् । लामाले योलगायत देशमा घट्ने गरेका विपद्का घटनाहरुमा थुप्रै सहयोग गर्दै आएका छन् । यस पटक पनि सामाजिक उत्तारदायित्व अन्तर्गत गत शुक्रबार राति गएको शक्तिशाली भूकम्पबाट पीडितहरुलाई ११ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो क्षेति पुगेकाले भूकम्प पीडितहरुको उद्धार र राहतका लागि लामाले ११ लाख नगद सहयोग गरेका छन् ।

‘सेवा नै धर्म हो’ भन्ने मूल उद्देश्यका साथ लामाले उक्त सहयोग गरेका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १२ : ०५ बजे