मंसिर ८, २०८१ शनिबार Sat Nov 23 2024

भारतद्वारा भूकम्प पीडितलाई राहत सामग्री उपलब्ध



काठमाडौं । भारतले नेपालको पश्चिम जाजरकोटका भूकम्प पीडितका लागि १६ करोड बराबारको राहत सामग्री नेपाल पठाएको छ ।

भारतीय वायुसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर नेपाल आएको हो । जसमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् ।यी राहत सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन्। 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ४५ बजे