कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

भुकम्पमा परी रुकुम पश्चिममा मृत्यु भएकाहरुको नाम सार्वजनिक



काठमाडौं । शक्तिशाली भूकम्पपछि रुकुम पश्चिममा दर्जनौँको मृत्यु भएको छ । हालसम्म ३६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले हालसम्म मृत्यु भएका २७ जना तथा घाइते ५३ जनाको नामावली सार्वजनिक गरेको छ ।

मृत्यु हुनेमा सनाखत भएकामध्ये नाम खुलेका १५ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यस्तै, २६ जना महिला र २७ जना पुरुष घाइते भएका छन् ।सानीभेरी गाउँपालिकामा ६ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने आठविसकोट नगरपालिकामा ९ जना पुरुष र ९ जना महिलाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ०३ बजे