२१ आश्विन २०८३, बुधबार Wed Oct 7 2026

भूकम्पमा परी गम्भीर घाइते भएकालाई नेपालगञ्ज ल्याइँदै



नेपालगञ्ज। जाजरकोट केन्द्रबिन्दु भएर गएराती गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि नेपालगञ्ज ल्याउन सुरु गरिएको छ । केही घाइतेलाई नेपालगञ्ज ल्याई उपचार सुरु गरिएको छ ।

भूकम्प जाने बित्तिकै जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षतिसँगै थुप्रै मानिसहरू घाइते भएकाले प्रारम्भिक उपचारपछि नेपालगञ्ज ल्याउन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।भूकम्पमा परी गम्भीर घाइते जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्कीको भेरी अस्पतालमा पहिलो बिरामीको रुपमा उपचार शुरु भएको अस्पतालले जनाएको छ ।भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा आवश्यक पूर्व तयारी तथा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ३९ बजे