३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

खेलाडी चोखाललाई नगदसहित सम्मान



म्याग्दी । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको क्लबले रु २५ हजार नगद पुरस्कारसहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी छन् । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लबले चोखाललाई पुरस्कृत र सम्मानित गरेको हो ।

क्लबका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा चोखाललाई नगद र सम्मानपत्र हस्तान्तरण गरेका थिए । चोखाल गण्डकीको टिममा सेटरको भूमिकामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् ।उनले आफ्नो व्यक्तिगततर्फबाट नेप्टेचौरको युवा क्लबलाई दुई थान भलिबलसहित रु ७२ हजार मूल्य बराबरको खेल सामग्री पनि उपलब्ध गराएका छन् । प्रतिभावान् खेलाडी चोखाललाई प्रोत्साहन र हौसला प्रदान गर्न सम्मान गरेको बेलमोन्ट भलिबल क्लबका प्रतिनिधि सुवेदीले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ११ : २६ बजे