२५ आश्विन २०८३, आइतबार Mon Oct 12 2026

चिल्लागढधाममा फाल्गुनन्दको सालिक निर्माण



बनियानी । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढधाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन पूर्णकदको सालिक निर्माण गरिएको छ ।

शिवसताक्षी–९ स्थित चिल्लागढमा रु ५० लाखको लागतमा फाल्गुनन्दको पूर्णकदका सालिक निर्माण गरिएको चिल्लागढधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए । पूर्णकदको ढुङ्गाका सालिक र सालिक राख्ने स्थानलगायतका संरचनासमेत निर्माण गरिएको उनले बताए ।किरात धर्म साहित्य उत्थान सङ्घका अध्यक्ष डिकेन्द्रसिंह थेगिमले आगामी कात्तिक २५ गते फाल्गुनन्दको एक सय ३९औँ जन्मजयन्तीका अवसरमा एक लाख आठ हजार एक सय आठ दीप प्रज्ज्वलन गरी सालिक अनावरण गर्ने कार्यक्रम रहेको बताए । उनले भने, “चिल्लागढधामको प्रचार–प्रसारको जरुरी रहेको छ ।”

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १२ : ४६ बजे