३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक



सुन्दरहरैँचा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।

लेटाङ–६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो ।उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ०१ बजे